रुकुम पूर्व माओवादी केन्द्रबाट कमला विजयी

910
views

रुकुम, २२ मंसिर । हिजो साँझबाट सुरु भएको रुकुम पूर्वको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । संयुक्त बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छिन् ।

प्रतिनिधिसभा सदस्यमा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा विजयी कमला रोकाले कुल १० हजार ४ हजार ३४ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन् ।

कुल मतदाता २७ हजार ९ सय २८ रहेको रुकुम पुर्वमा रोकाले ६ हजार २८ मतको फराकिलो अन्तरमा कांग्रेस उम्मेदवारलाई पराजित गरेपछि अहिले सदरमुकाम रुकुमकोटमा वाम गठबन्धनका कार्यकर्ताहरुमा उत्साह छाएको छ । यस बाहेक प्रदेश सभा सदस्य क र ख मा पनि मतगणना जारी छ ।