प्रतिनीधिसभा सदस्यमा कहाँ कसको अग्रता कस्तो ?

719
views

मंसिर, २२ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ३२ जिल्लाका अधिकांश क्षेत्रमा मतगणना सुरु गरिएको छ । प्रारम्भिक मत परिणाम अनुसार प्रतिष्प्रधीका रुपमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन नै देखिएको छ ।
अहिलेसम्म प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसको ४ ठाउँमा अग्रता देखिएको छ भने माओवादी केन्द्र १३ स्थानमा र एमाले १७ स्थानमा अग्रता कायम गरेको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ एमालेको अग्रता धादिङ १ बाट भूमि त्रिपाठी, २ मा खेम लोहनी, नुवाकोट २ मा नारायण प्रसाद खतिवडा, म्याग्दी १ मा भुपेन्द्र बहादुर थापा, ललितपुर २ मा कृष्णलाल मर्हजन, पाँचथर १ मा बसन्तकुमार नेम्वाङ, बझाङ १ बाट भैरब बहादुर सिंह, बाग्लुङ १ बाट सूर्य पाठक, बाजुरा १ बाट लाल बहादुर थापा, बैतडी १ बाट दामोदर भण्डारी, मुगु १ बाट गोपाल बम, सिन्धुपाल्चोक २ बाट शेर बहादुर तामाङ झण्डै ४ सय मतले पशुपति सम्शेर राणालाई पछि पादैं । ओखलढुंगा १ बाट यज्ञराज सुनुवार झण्डै २५ सय मतसहित अग्रपंक्तिमा छन् भने उनका प्रतिस्प्रधी नेपाली कांग्रेसका रामहरि खतिवडा हुन । कालिकोट १ मा दुर्गाबहादुर रावत, खोटाङ १ मा बिशाल भट्टराई, ताप्लेजुङ १ बाट योगेश भट्टराई र दोलखा १ बाट पार्वत गुरुङ अग्रस्थानमा रहेका छन् ।
यसैगरी माओवादी केन्द्रबाट रामेछाप १ मा श्यामकृष्ण श्रेष्ठ, रुकुम पश्चिम १ मा जनार्दन शर्मा, रोल्पा १ मा वर्षमान पुन, बाग्लुङ २ बाट देवेन्द्र पौडेल, भोजपुर १ बाट सुदन किराती, सिन्धुपाल्चोक १ बाट अग्नि प्रसाद सापकोटा झण्डै तीन हजार भन्दा बढी मत सहित अगाडी रहेका छन् । सोलुखुम्बु १ बाट हेम कुमार राई, उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री समेत रहेका बल बहादुर केसी रहेका छन् । साथै जाजरकोट १ बाट शक्ति बहादुर बस्नेत, जुम्ला १ बाट गजेन्द्र बहादुर शाही, गोरखा १ बाट हरिराज अधिकारी अग्रस्थानमा रहेका छन् । अधिकारीका प्रतिस्प्रधी नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहेका चिनकाजी श्रेष्ठ रहेका छन । गोरखा १ मा अहिलेसम्म झण्डै ११ हजार मत गणना भइसकेको छ ।
त्यस्तै कांग्रेसको रुसुवा १ मा मोहन आचार्य, लम्जुङ १ मा दिल बहादुर घर्ती, संखुवासभा १ मा दिपक खड्का र नुवाकोट १ मा रामशरण महत अग्रस्थानमा देखिएका छन् ।
गोरखा २ बाट नयाँशक्तिका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाबुराम भट्टराई केही मतले अगाडि रहेका छन् पूर्व उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ झिनो मतले पछि परेका छन् । मतगणनाको प्रारम्भिक चरणमा नारायणकाजी अगाडि थिए भने अहिले बाबुराम अगाडि छन् । झण्डै ६० हजार मत खसेको गोरखा क्षेत्र नं २ मा अहिलेसम्म झण्डै ७ हजार मतगणना गरिएको छ ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारमा हुम्ला १ बाट स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा अग्रपंक्तिमा रहेका छन भने नेपाली कांग्रेसका मंगलबहादुर शाही दोश्रो र चिमी लामा तेश्रो रहेका छन् । सन्सार न्युजबाट