ट्रिफर दुर्घटनामा दुई म्यादी प्रहरी र चालकको मृत्यु

733
views

हेटौंडा, २२, मंसिर । मकवानपुरको भिमफेदी गाउँपालिका–९ चुनियाँ डाँडामा आज ट्रिफर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना ३ ख ५९१८ नम्बरको ट्रिफर दुर्घटना हुँदा चालकसहित दुई महिला म्यादी प्रहरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जानकारी गराएको छ ।
थाहा नगरपालिकाका १ का ५० वर्षीया चालक शेरबहादुर गोपाली, म्यादी प्रहरी हेटौंडा ४ की लक्ष्मी स्थापित र भिमफेदी ९ की सविता बर्तौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।