मनाङमा बाम गठबन्धनको विजयी

592
views

मनाङ, २२, मंसिर । मनाङको प्रतिनिधिसभामा वामगठबन्धन विजयी भएको छ । वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका नेता पोल्देन छोपाङ गुरुङ्गले २३०० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २०२१ मत ल्याएका छन् । त्यस्तै प्रदेशसभातर्फ ‘क’ मा नेपाली कांग्रेसका चिन्ता घले विजयी भएका छन् । उनले ९९८ मत ल्याई विजयी भएका हुन् भने उनका प्रतिपष्पर्धी एमालेका नेता धन्दुल दोजे्रे गुरुङले ८९६ मत ल्याएका थिए ।

मनाङ ‘ख’ मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ १४१० मत ल्याई विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका कर्म गुरुङले १०२० मत ल्याएका थिए ।