रियल म्याड्रिड क्लव विश्व कप जित्ने पहिलो टिम

704
views

नवदृष्टि संवाददाता
एजेन्सी, २ पुस । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फ्रि किक मार्फत एक मात्र गोल गरेपछि स्पेनिश क्लब रियल म्याड्रिडले लगातार दोस्रो वर्षपनि क्लब विश्व कपको उपाधि जितेको छ ।
अबुधावीमा सम्पन्न खेलमा ब्राजिलियन क्लब ग्रेमियोलाई १÷० गोल अन्तरले हराउदै रियलले क्लब विश्वकपको उपाधि जितेको हो । रियललाई दोस्रो वर्ष पनि उपाधि जिताउन स्टार फरवार्ड रोनाल्डोले ५३ औ मिनेटमा फ्रि किक मार्फत गरेको गोल पर्याप्त रह्यो ।
यसै गरि रियलले ३ पटक क्लब विश्वकपको उपाधि जित्दै वार्सिलोनाको नाममा रहेको रेर्कड सँग पनि बराबरी गरेको छ ।