पूर्व फुटबल खेलाडी राष्ट्रपतिमा निर्वाचित

959
views

काठमाण्डौ, १४ पुस । लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वा्चित भएका छन् । लगभग सबै मत गणना भइसक्दा विआले ६१ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएका छन् ।

पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि मंगलवार फेरि भएको चुनावको भएको थियो ।

विआ विजयी भएको समाचार प्रकाशमा आएपछि उनका समर्थकहरुले राजधानी मुनरोभियाका सडकमा खुसियाली मनाउन थालेका छन् ।

विआले वर्तमान राष्ट्रपति एलेन जोनसन सरलीफको स्थान लिनेछन्, जो अफ्रिकाकी प्रथम निर्वा्चित महिला राष्ट्रपति हुन् ।

विआको जितसँगै दशकौंयता पहिलोपटक त्यहाँ लोकतान्त्रिक सत्ता हस्तान्तरण हुनेछ । चुनावी नतिजा घोषणा गरिएपछि सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “मेरा लाइबेरियाली साथीहरु, मैले सिङ्गो देशको भावनालाई गहिरो रुपमा महसुस गरिरहेको छु ।“

मेरा लाइबेरियाली साथीहरु, मैले सिङ्गो देशको भावनालाई गहिरो रुपमा महसुस गरिरहेको छु जर्ज विआको भनाई थियो । ब्रिटेनमा चेल्सी र म्यानचेष्टर युनाइटेडका लागि केही समय खेलेर बिट मार्नुअघि विआले युरोपका महँगा क्लबहरु प्यारिस सा(जार्मां र एसी मिलानका लागि खेलेका थिए ।

फिफा विश्व खेलाडी र प्रतिष्ठित बालन डोरबाट सम्मानित हुने उनी पहिलो अफ्रिकी फुटबल खेलाडी हुन् । सन् २००२ मा खेलबाट सन्यास लिएपछि विआ राजनीतिमा प्रवेश गरेका थिए ।

उनी लाइबेरियाली संसद्को सिनेटर पनि हुन् । १९ औं शताब्दीमा मुक्त अमेरिकी दासहरुबाट स्थापित लाइबेरियामा सन् १९४४ यता सहज ढङ्गले एउटा निर्वा्चित राष्ट्रपतिबाट अर्कोमा सत्ता हस्तान्तरण हुन सकेको छैन ।