राष्ट्रपतिद्वारा राष्ट्रियसभा अध्यादेश प्रमाणिकरण

640
views

काठमाण्डौ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले बिहान साढे ११ बजे अध्यादेश पारित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधवप्रसाद शर्माले जानकारी दिए ।

राजनीतिक निकास दिन दलहरुबीच सहमतिका लागि गरिएको प्रयास सफल भएको शर्माले बताए । अब राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुने भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक रोकेर शितलनिवास पुगेका थिए । प्रधानमन्त्री देउबासँग राष्ट्रपति भण्डारीको एक घण्टासम्म छफफल भएको राष्ट्रपतिका स्वकीय सचिव जिवत्स साहले बताए । शुक्रबार बिहानै देउबा भन्दाअघि एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति भेटेका थिए ।

गत कार्तिक १ गते मन्त्रिपरिषद्ले अध्यादेश स्वीकृत गरि प्रकाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गरको थियो ।

संविधानको धारा ११४ मा संघीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नसक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपछि अध्यादेश ऐन सरह मानिने र पारित अध्यादेश संयीय संसदको अधिवेश सुरु भएपछि दुवै सदनमा स्वीकृतिका लागि पेश गर्नु पर्ने व्यवस्था संविधानले गरको छ ।