करातेमा एपीएफ र धनगढीको बर्चश्व बर्षाले जितिन् स्वर्णपदक

742
views

धनगढी, १४ पुस । धनगढीमा आयोजित आठौं अन्तराष्ट्रिय कराते प्रतियोगिताको ४५ किलो तौल समुहमा घरेलु टोलीकी वर्षा साउदले स्वर्ण पदक जितिन् ।

प्रतिष्पर्धामा भारतकी मिना कुमावतले रजत तथा एपीएफकी दिपा लामा र श्रीलंकाका डब्लु आर डी मधुसानीले काश्य पदक जितेका छन् ।

सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा सञ्चालित प्रतियोगिताको ६ देखि ८ उमेर समुहको स्याडेट प्रतिष्पर्धामा धनगढीकै प्रदिप बैजली मगर पहिलो तथा खडक थामी मगर दोश्रो र श्रीलंकाका जिडिडिएम सुनारत्ने तेश्रो भएका छन् ।

५५ किलो तौल समुहमा एपीएफका सुजन श्रेष्ठ पहिलो तथा चक्रमान प्रधान दोश्रो भएका छन् । धनगढीका पुष्प न्यौपाने र भारतका सोनु कुबँरले काश्य पदक जिते ।

६८ किलो तौल समुहमा पनि एपीएफकी सरिता श्रेष्ठ पहिलो भइन् । ६८ किलो भन्दा माथिको तौल समुहमा एपीएफकी लक्ष्मी भट्ट पहिलो तथा सरिता लामा दोश्रो भए । भारतकी सिमा रहांगडालेले काश्य पदक जितिन् ।

५५ किलो तौल समुहमा एपीउफकी मनिषा चौधरीले स्वर्ण, भारतकी कमल प्रीत कौरले रजत तथा भारतकै आरस प्रीत कौरले काश्य पदक जितेका छन् ।