प्रकाशमान सिंहले बुझाए निर्वाचन आयोगमा खर्च विवरण

781
views

काठमाण्डौ, १९, पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन खर्च वुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएका सिंहले १७ लाख ३० हजार ५ सय रुपैयाँ खर्चको विवरण बुझाएका हुन् ।

निर्वाचन भएको ३५ दिन भित्र खर्च विवरण बुझाउनुपर्ने प्रावधान अनुसार उहाँले आज बुझाउनु भएको जनाइएको छ । खर्च विवरण अनुसार सिंहले सवैभन्दा बढी ६ लाख रुपैयाँ गोष्ठी र कार्यकर्ता परिचालनमा खर्चिएका छन् ।

कार्यालय सञ्चालनमा ३ लाख ५० हजार खर्चिनु भएका सिंहले सवारी साधानमा २ लाख ७० हजार खर्च गरेको विवरण बुझाएका हुन् । निर्वाचन र मतगणनाका दिन प्रतिनिधि परिचालनमा १ लाख १० हजार खर्चिएको उल्लेख छ ।

सिंहले सवारी साधनको इन्धनमा ९० हजार खर्चिनु भएको छ भने विद्युतिय सञ्चारमाध्यमबाट गरिएको प्रचार प्रसारमा ९० हजार बुझाएका हुन् ।

प्रचार प्रसार सामाग्रीमा ८० हजार र विविध खर्चमा ३९ हजार ५ सय खर्चिएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।