पूर्वसहयोगी बेननले खोले यस्तो पोल, ट्रम्पका पसिना निस्के

555
views

काठमाडौं, २०, पुस । पूर्व सहयोगी स्टीभ बेननले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोल खोलेका छन् । चुनावको बेला सन् २०१६ को जुनमा ट्रम्पको छोराले रुसी अधिकारीसँग भेटेको कुरा बताएका हुन् ।

चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका बेननले रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बताएका छन् । बेननले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल वुल्फको किताबमा बताएका हुन् ।

चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका बेननलाई ट्रम्पले चुनाव जितेपछि पनि बेनन ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहनुभएको थियो । प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहनुभएका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा बर्खास्त गरेका थिए ।

योसँगै राष्ट्रपति ट्रम्पले बुधबार विज्ञप्ति निकाले खण्डन गरेका छन् । जागिर गुमाएरपछि होस पनि गुमाएको ट्रम्पले आरोप लगाएका छन् । बेननले बर्खास्त भएको बेला होस पनि गुमाएको र बेहोसीमा नचाहिने कुरा बोल्दै हिँडेको ट्रम्पले आरोप लगाएका छन् ।

बेननले पोल खोलेसँगै ट्रम्पले रुसी हस्तक्षेपका कारण चुनाव जितेको भन्नेहरुलाई बल पुगेको छ ।