अज्ञात समुहको गोली लागि घाईते पौडेलको निधन

626
views

बुटवल, २१ पुस । रुपन्देहीको देवदह नगरपालिकामा अज्ञात समुहले हानेको गोली लागि घाईते भएका बलु पौडेलको निधन भएको छ ।

गोली लागि घाईते भएका पौडेलको उपचारका क्रममा निधन भएको हो । पौडेलको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो । गोली हान्ने ब्यक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । पहिचान खुलेको छैन । प्रहरीले गोली हान्नेहरुको खोजी जारी राखेको जनाएको छ ।