कञ्चनपुरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

871
views

कञ्चनपुर, २१ पुस । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९ औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि २१ लाख खर्च हुने अध्यक्ष पाण्डेयले बताउए । यो खेलाडीको बसोबास, यातायात लगायत समेतको खर्च हो । राष्ट्रिय खेलकुद परिषद्ले रु आठ लाख, सटल कर्क, मेडल तथा प्रमाणपत्र उपलब्ध गराउने छ भने तेह्र लाख रुपैयाँको व्यवस्थाको जिम्मा आयोजकले लिएको छ ।

प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी हुने खेलाडीको जिल्लास्तरमा छनोट भई कैलालीको धनगढीमा क्षेत्रीय छनोट प्रतियोगिता गरिनेछ ।