काँग्रेसमा संसदीय दलको नेताको होड, पौडेल पक्षबाट सिंहको दाबी

767
views

काठमाण्डौ, २१ पुस । काँग्रेस संसदीय दलमा देउवालाई प्रकाशमानले टक्कर दिँदै, अब कस्तो कदम चाल्लान देउवाले ? नेपाली काँग्रेस संसदीय दलको नेताका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहकाबीच टक्करको अस्था देखिएको छ ।

निर्वाचनमा लज्जास्पद हारपछि देउवालाई सभापति पद छाड्न् दबाब आईरहेका बेला देउवाले ‘मैलेमात्र पार्टीको हारको जिम्मा लिने हो र ?’ भन्दै अभिव्यक्ति दिन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आक्रामक बन्दै गएको छ ।

पौडेल पक्षले काठमाडौंमा विशेष बैठक बोलाएको छ । यो बैठकले पौडेल पक्षबाट संसदीय दलको नेताका लागि प्रकाशमानको नाम सर्वसम्मत गर्ने स्रोतको भनाई छ ।

यता देउवा पक्षबाट देउवा नै आफै संसदीय दलको नेता हुने लक्षणमा अगाडि बढेको बुझिन आएको छ । देउवा निकट स्रोतका अनुसार ‘उहाँ हुँदाहुँदै अरु कसले संसदीय दलको नेता बन्ने आँट गर्ने त ?’