कास्कीमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठन

834
views

पोखरा । नेकपा (क्रान्तिकारी माओवादी) निकट कास्कीले १२ सदस्यिय अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठन गठन गरेको छ । सो संगठनको संयोजकमा सञ्जय कार्कीलाई चयन गरेको छ ।

संगठनका सदस्यहरुमा जाल बहादुर रसाइली, (प्रेमराज मर्साङी, शारदा खनाल, रमेश बिक,कुल बहादुर बिक, सरु बिक, मिरा बिक पुर्ण नेपाली, सुक बहादुर बिश्वकर्मा रबिलाल नेपाली सन्त बहादुर सुनार रहेका छन् ।

भेलालाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नं.प्रदेशका इन्चार्ज श्रीनाथ अकधिकारी श्यामले संबोधन गर्दै जनवादी क्रान्तिका लागि हरेक क्षेत्रबाट जुरुक्क उठ्नुपर्ने बताए । अधिकारीले नेपालको सन्र्दभमा नेकपा (क्रान्तिकारी माओवादी) मात्रै माओवादी रहेको र माओवादी केन्द्रमा एमालेमा विलय भएको आरोप लगाए ।

भेलामा देजमो नेपाल ४ नं.प्रदेश संयोजक केश बहादुर.परियार, देजमो नेपालका केन्द्रिय सदस्य भिम बहादुर श्रीस को उपस्थिति रहेको थियो ।