अवैध रुपमा गिट्टी वालुवा चोरी निकासी नियन्त्रण

863
views

यज्ञ बहादुर थापा
पर्वत, ३ माघ । जिल्ला प्रहरी कार्यालय पर्वतले अवैध रुपमा चोरी निकासी भएको गिट्टी बालुवा नियन्त्रणमा लिएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–२ सहस्रधार स्थित कालीगण्डकी नदीको किनारमा अवैध रुपमा वालुवा चोरी निकासी हुदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको गस्तीले १ वटा टिप्पर, स्काईभेटर र चालक समेतलाई नियन्बणमा लिएको छ ।

पक्राउ पर्नेमा ग १ क ३३३० नम्वरको टिप्पर सहित जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नम्वर–१ का २३ बर्षका रामकृष्ण गुरुङ र नम्वर नखुलेको स्काईभेटरका चालक सर्लाही ईसरपुर नगरपालिका वडा नम्वर ८ वस्ने वर्ष २४ का रन्जित चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कार्यालयको प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागी चालकहरु र टिप्परलाई समेत जिल्ला समन्वय समितिको कार्यालय पर्वतमा पठाईएको प्रहरीले जनाएको छ ।