चेपाङको अनिकाल भगाउने शपथ

895
views

हेटौडा । आइतबार बिहानैदेखि हेटौडा बजारमा चहलपहल थियो । स्थानीयले आ–आफ्नो घर अगाडी पानीका घैला राखेका थिए । प्रायः सुनसान रहने हेटौडा १० बसपार्कनजिक क्षत्रिय कार्यलय शिक्षा निर्देशनालय (हाल संसद सचिवालय) वरपरि सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।


संसद सचिवालय अगाडिको सडकमा पञ्चेबाजा र धिमे बाजा बजाइरहेको थियो । स्थानीय महिला हातमा पुष्पगुच्छा लिएर लामबद्ध थिए । पुष्पगुच्छा, फुलमाला र खाँदाले स्वागत गरिरहँदा निर्वाचित भएको दुई महनिापछि पद तथा गोपनियतको शपथ लिन आईपुगेका हेटौडा सांसदको अनुहारमा छुट्टै रौनक थियो ।

प्रदेश ३ का सांसदलाई आदेश प्रमुख अनुराधा कोइरालको उपस्थितिमा ज्येष्ठ सदस्य डोमरणी पौडेलले पद तथा गोपनियतको शपथ गराए । ईश्वर देशको नाममा शपथ लिदै सांसदहरुले देश विकासमा जुट्ने प्रतिबद्धता व्याक्त गरे । आइतबार बिहान साढे ११ बजे ७२ वर्षिय ज्येष्ठ सांसद पौडेलले शपथ गराएपछि सभा सकिएको थियो ।

त्यसअघि प्रदेश प्रमुख कोइरालाले प्रदेश कार्यलयको सभाहलमा ज्येष्ठ सांसद पौडेललाई पथ तथा गोपनीयता को शपथ गराएका थिए । उनी प्रतिनिधिसभा मकवानपुर १ (ख) बाट निर्वाचित सांसद हुन् । आजको अन्नपूर्ण दैनिकबाट