अस्थायी राजधानीका लागि १ अर्ब ८ करोड

644
views

काठमाडौं । प्रदेशको अस्थायी राजधानीका लागि सरकारले १ अर्ब ८ करोड रुपैयाँ निकासा दिएको छ । अर्थ मन्त्रालयले सहरी विकास मन्त्रालय मार्फत सातवटै प्रदेशका लागि उक्त रकम निकासा दिएको हो । प्रत्येक प्रदेशको अस्थायी राजधानीलाई १५ करोड ४२ लाख रुपैयाँका दरले निकास दिएको अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख निर्मलहरि अधिकारीले बताए । ‘यो रकमले प्रदेशका लागि आवश्यक भवन र्शीर्षकमा खर्च गर्न पाउनेछन्,’ उनले भने, भवनको रंगरोगन, भाडा तथा त्यससँग सम्बन्धीत पूर्वाधारमा खर्च गर्नेछन ।
‘हाललई अस्थायी राजधानी भएकाले मितव्ययी भएर खर्च गर्नु भन्ने निर्देशन पनि दिएका छौं,’ उनले भने , भवनभन्दा बाहेकको क्षेत्रमा लाग्ने खर्च भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत निकासा हुनेछ । आजको कान्तिपुर दैनिकबाट