चितवन समाज इजरायलद्वारा राष्ट्रिय कलाकार सम्मानित

948
views

अनिरुद्र सुवेदी
ईजरायल माघ ८ । चितवन समाज इजरायलले रास्ट्रिय कलाकारहरु लोक गायक डि.बि लोप्चन, अशुसेन लामा तथा गायिका शशिकला मोक्तानलाई रास्ट्रिय तमाङ घेदुङ समाज इजरायल ले आयोजना गरेको एक कार्यक्रममा सम्मान गरेको छ ।

सम्मानित कलाकारहरुलाई मायाको चिनो समेत प्रदान गरेको छ । बिदेशी भुमीमा राष्ट्रिय गहनाहरुलाई सम्मान गर्न पाउँदा आफ्नो तथा चितवन समाज इजरायलको लागि गर्वको कुरा महसुस भएको चितवन समाज इजरायल कि अध्यक्ष सरिस्मा बराल (उमा) ले बताईन् ।

अध्यक्ष उमाले आफ्नो ब्यस्त कार्यक्रमलाइ छोटाएर सम्मान तथा मायाको चिनो हस्तान्तरण कार्यक्रमलाई समय उपलब्ध गराएकोमा आयोजक संस्था राष्टिय तमाङ घेदुङ समाजप्रती चितवन समाज इजरायलले आभार व्यक्त गरेको इजरायल स्थित समचारदाता अनिरुद्र सुवेदीलाई जानकारी गराएकी छिन् ।