ब्लड क्यान्सर उपचारका लागि जनआन्दोलनका घाईतेलाई आर्थिक सहयोग

1106
views

पर्वत, ८ माघ । गएको चारमहिनादेखी ब्लड क्यान्सरको उपचार गराईरहेका जनआन्दोलनका घाईते कुश्मा नगरपालिका–९ का राम शर्मा पराजुलीलाई आर्थिक सहयोग हस्तानान्तरण गरिएको छ ।

स्थानीयवासी जगन्नाथ अधिकारी, माओवादी केन्द्रका केन्द्रिय सदस्य ढाकाराम गौतम, माओवादी केन्द्रकै केन्द्रिय सदस्य मनरुपा सुवेदी, उपचाररत शर्माका दाजु पर्ने शिव पराजुलीको पहलमा संकलित एकलाख २२ हजार दुई सय १५ रुपैयाँ आर्थिक रकम भरतपुर क्यान्सर अस्पताल चितवन पुगी हस्तानातरण गरिएको अधिकारीले बाए ।

शर्माको उपचारका लागि थप ३ महिना लाग्ने सो अस्पतालका डाक्टरहरुको भनाई उदृत गर्दै उनको उपचारका लागि अभै आर्थिक सहयोग आवश्यकता रहेको हुँदा सहयोगी मनहरुलाई सहयोग गर्न अपिल गरिएको अधिकारीले बताए ।

उनको उपचारका लागि पर्वत सदरमुकाम कुश्मा र कटुवाचौपारीमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको थियो । शर्माको उपचारका लागि देशविदेशबाट समेत आर्थिक सहयोगको अपेक्षा गरिएको छ । साथै उनलाई ब्लड सहयोग समेत उपलब्ध गराईदै आइएको छ ।

उनको उपचारका लागि यसभन्दा अगाडी पनि विभिन्न संघ संस्था, कार्यालय तथा व्यक्तिहरुबाट आर्थिक रकम संकलन गरी उपचार खर्च स्वरुप सहयोग पठाइएको अधिकारीले बताए ।