म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाइनलमा प्रवेश

657
views

काठमाण्डौ, १० माघ । ब्रिस्टोल सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । ई.एफ.एल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमीफाईनल दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटी ३(२ ले विजयी भयो ।

खेलमा सिटीलाई विजयी गराउन लेरोए साने, केभिन डे ब्रायन र सर्जीयो अगुएरोले एक एक गोल गरे । ब्रिस्टोल सिटीका मार्लन प्याक र एडन फ्लीन्टले दुई गोल फर्काए । पहिलो लेगमा २-१ को अग्रता लिएको म्यान्चेस्टर सिटीले समग्रमा खेल ५-३ ले आफ्नो पक्षमा पारेको हो ।

सिटीले अब उपाधिका लागि चेल्सी र आर्सनलमध्ये एक टोलीसँग खेल्नेछ । पहिलो लेगमा गोलरहित बराबरी खेलेका चेल्सी र आर्सनलबीचको सेमिफाइनल दोस्रो लेगको खेल आज राती हुँदैछ ।