शुभकल्याण आधारभूत बिद्यालयले ५६ औ बार्षिकोत्सब मनायो

586
views

पर्वत, ११ माघ । पर्वतको कुस्मा नगरपालिका वडा १४ आर्थर डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरि ५६ औ बार्षिकोत्सब मनाएको छ । बिद्यालयले तीन दिन सम्म बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरेर बार्षिकोत्सब मनाएको हो । बार्षिकोत्सबमा प्रदेशसभा सदस्य नेत्र अधिकारीले शिक्षा क्षेत्रमा रहेका सबै समस्या हल गर्दै नयाँ शैक्षिक उपलब्धी लिनका लागि नयाँ शैक्षिक नीति ल्याउन आवश्यक भएको बताए ।

कार्यक्रममा बोल्दै पर्वतका जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले शिक्षकले चाहेमा सामुदायिक बिद्यालयमा धेरै सुधार ल्याउन सकिने बताउँदै शिक्षकले जागिर गरेको भन्दा पनि आफ्नो कर्तब्य सम्झेर पढाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा पञ्चकोशी आर्थरडाडाँखर्क समाज पोखराका अध्यक्ष क्या. लालप्रसाद गुरुङ्गले समाजले पोखरामा रहेर पनि बिद्यालय र आर्थर डाडाँखर्क क्षेत्रमा आवश्यक परेको ठाँउँमा सहयोग गर्दै आएको बताउँदै अझै थप सहयोग गर्न तयार रहेको जानकारी गराए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका पुर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले सामुदायिक बिद्यालयले अहिलेको अवस्थामा आफुँलाई परिर्वतन नगर्ने हो भने भबिश्यमा बन्द हुन सक्ने भएकाले सबैले समयमा नै शैक्षिक सुधारका काम थाल्नु पर्छ भने ।