डिग्रीको प्रमाणपत्र थन्काएपछि वार्षिक ३० लाखको कारोबार

677
views

कपिलवस्तु ११ माघ । अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका एक कृषकले बार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन् । लामो समयदेखि अध्यापन गराउँदै आएका कपिलवस्तु वाणगंगाका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक कृषि पेशा सुरु गरेका हुन् ।

क्याम्पस र विद्यालयमा नाम, दाम र इज्जतबाट आफ्नो परिचय स्थापित गरेका पोख्रेल अहिले कृषकको रुपमा परिचित छन् । ४५ बर्षीय पोख्रेल डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अंगाल्दै आएका छन् । ४० लाख रुपैयाँको लगानीमा सुरु गरिएको मौरीपालन व्यवसायलाई विस्तार गर्दै अहिले विभिन्न जिल्लामा मौरी चराउन पुग्ने र राम्रो आम्दानीसमेत हुने गरेको बताउँछन् ।

मौरीपालनबाटै वार्षिक ३० लाख रुपैयाँको कारोबार हुने खर्च कटाएर १५ लाख रुपैयाँ बचत हुने उनको भनाई छ । नेपाल मौरी पालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष समेत रहेका पोख्रेल देशलाई महमा आत्म निर्भर बनाउने अभियानमा लाग्नुपर्ने बताउँछन् ।