राष्ट्रिय सभा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दै निर्वाचन आयोग

708
views

काठमाण्डौ, १५ माघ । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज फिर्ता लिनसक्ने छन् । आयोगले आज दिउसो २ बजे सम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

उम्मेदवारी फिर्ता सँगै आजै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाच्न चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुदैँ छ ।