पुर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

927
views

मोरङ, १७ माघ । मोरङ्गमा कृयाशिल छ विद्यार्थी संगठनले सोमबार पुर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राजपा विद्यार्थी संगठन, लाकतान्त्रिक विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनका मोरङ्ग अध्यक्षहरुले संयुक्त प्रेश विज्ञप्ति सहित विश्वविद्यालयको भीसी रजिष्टार तथा सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् ।

‘विश्वविद्यालय सेवा आयोगले यसअघि खुलाएको पदपुर्तिको विज्ञापनबाट परिक्षा नगरीकन हजारौ युवाबाट आवेदन दस्तुरबाट सकंलन गरेको रकम विज्ञापन खारेज भएपछि फिर्ता गर्नुपर्ने, सेवा आयोगले गलत मनासायले आयोगमा पुनः विज्ञापन निकालेको, बर्षौदेखि रिक्त रहेको विभिन्न तहका कर्मचारीका विषयमा विश्वविद्यलयले विभेदकारी नीति लिएकोले दरखास्त आवहान गरीएको र हजारौ युवाहरुले आवेदन दिएको खुलेला आयोगलाई अन्यौल पार्दै आन्तरीक स्थायी प्रकृया शुरु गरेको, आवश्यक सम्पूर्ण कर्मचारीको एकैपटक विज्ञापन गर्ने विद्यार्थी संगठन बिच भएको सहमति कार्यान्वयन नभएकोले तालाबन्दि गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै प्राज्ञिककार्यमा लाग्नुपर्ने विश्विद्यालय आफ्ना नजिक र अनुकुलकालाइ नियुक्त र बढुवा गर्ने कार्यमा मात्र विश्विद्यालय पदाधिकारी सेवा आयोग केन्द्रित भएको र पटक पटक सजग गराउँदा पनि विश्विद्यालयले वेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको र यस अघी सेवा आयोगले सकंलन गरेको दस्तुर फिर्ता गर्ने कार्य र अन्य माग पुरा नभएसम्म तालाबन्दी गरीने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दीपु यादव ‘लड्डू’ ले जानकारी दिए ।