‘नेपाल जोखिमको सूचीमा रहने सम्भावना’

683
views

काठमाडौं । लागानीका लागि पुँजी बढाउन कालो धनलाई पनि लागानीको अवसर दिनपर्ने पूर्वप्रधानमन्त्री केपी ओलीको अभिव्यात्तिले वित्तीय क्षेत्र तरंगित बनेको छ । अन्तर्राष्ट्रिय दाताको सहयोगमा ालमो प्रयासपछि नेपालले कालो धन नियन्त्रण गर्न सम्पति शुद्धिकरण ऐन २०६४ ल्याएको थियो ।
अन्तर्राष्ट्रिय रुपमा स्रोत नखुलेको कालो धनको कारोबारलाई अपराध मानिदै आएको छ । धेरै देशले यस्तो धन नियन्त्रणको प्रयास थालेका छन् । तर, भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएका ओलीको अभिव्याक्ति कार्यान्वयनमा भए नेपाल अन्तराष्ट्रिय दातृ समुदायबाट समेत एक्लिने देखिन्छ ।

नेपालमा समानान्तर अर्थ व्यावस्था हावी रहेका बेला आएको पूर्वप्रधानमन्त्रीको यस्तो अभिव्याक्तिले अर्थतन्त्रलाई अझ जोखिममा पर्ने अर्थविद् प्राडा मदनकुमार दाहालले बताए । उनले भने,‘उहाँले त देशलाई, ऐन, कानुन, निती नियममा बलियोसँग बाध्नुपर्नेमा अव्यावहारिक अभिव्याक्ति आयो यसले मुलुककै अर्थतन्त्रलाई तहसनहस बनाउँछ । त्यसै त नेपालको अर्थतन्त्र विश्व अर्थतन्त्रमा क्रेडिट रेटिङमा तल्लो स्तरमा छ । यो भनाईले मात्रै पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवी धमिल्याउँनेछ ।’आजको अन्नपूर्ण दैनिकबाट