राष्ट्रपति भण्डारी र विदेशमन्त्री स्वराजका बीच भेटवार्ता हुने

720
views

काठमाण्डौ, १७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार दिउसो भेटवार्ता हुने भएको छ । विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउसो १२ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्ने तय भएको स्रोतले बतायो ।  राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भारतीय विदेश सचिव विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले लगायत हुनेछन् ।

भेटघाट आधा घण्टादेखि ४५ मिनेटसम्म हुने बताइएको छ। स्वराज विहीबार अपरान्ह विशेष विमानबाट नेपाल आउँदैछिन्।