म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी

659
views

काठमाडौं, १८, माघ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । चेल्सी र म्यान्चेस्टर युनाईटेड भने पराजित भए ।

तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । खेलमा सिटीलाई विजयी गराउन फर्नान्डीनो, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक–एक गोल गरे ।

अर्को खेलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हरायो । खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले एक गोल गरे भने म्यान्चेस्टर युनाईटेडकै फिल जोन्सले एक आत्माघाति गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीलाई बर्नमाउथले ३–० ले हरायो । चेल्सीको मैदानमा भएको खेलमा बर्नमाउथलाई विजयी गराउन क्यालम विल्सन, जुनियर स्टानिस्लास र नाथन आकेले एक–एक गोल गरे ।

गएराति भएका अन्य खेलहरुमा एभर्टनले लेष्टर सिटीलाई २–१ ले हराउँदा न्युकासल युनाईटेड र बर्न्ले तथा साउथह्याम्पटन र ब्राईटनले १(१ गोलको बराबरी खेलेका छन् । स्टोक सिटी र वाट्फोर्डले भने गालरहित बराबरीमा चित्त बुझाए ।