दिगो बैकल्पिक विकास नहुँदा असर र प्रभाब

1170
views

सचिन्द्र श्रेष्ठ
बाग्लुङ्ग १८, माघ । नेपालमा दिगो बिकास नहुँदा सिंगो नेपाली समाजमा प्रतिकुल एवं नकरात्मक प्रभाब परेकोले बर्तमान परिवर्तनले पनि सामाजिक न्याय र बिकास हुन नसकेको दिगो बिकासका अध्यता एवं सहजकर्ता बिमल कुमार फुयाँलले बताए । बाग्लुङ्गमा भएको विचार तथा गोष्ठीमा फुयाँलले यस्तो बताएका हुन् ।

फुयाँलले विकास, अविकास र कुपोषित विकास बारे अध्ययन प्रस्तुत गर्दै अविकासले त विकास नै भएन तर विकासले अवसरमा पहुँच भएपनि त्यसले कुपोषित पारेको बताए । उनले उन्नतजातका कुखुरा, तरकारी आएपनि त्यसको असर माटोको उर्वरा घट्नुको साथै बिरामी भएर औषधी उपचारमा जानूपर्ने अवस्था आउनु कुपोषित बिकास भएको प्रष्टयाए ।

कार्यक्रममा सत्कर्म नेपाल एवं नागरिक समाजका अभियान्ता सिताराम थापाले दिगो बिकासमा आफु तीन दशक देखि अधिकारमुखी बिकास अभियानमा लागि परेको बताउँदै जनताको पहुँच, नियन्त्रण र स्थानिय श्रोतको अधिकतम परिचालन गरि दिगो बिकासका लागि नागरिक संजालका बिच बिचार गोष्ठीको आयोजना गरेको बताए ।

सत्कर्म नेपाल र साझेदारि नागरिक संजालको आयोजनामा दिगो बिकास बिषयक बिचार गोष्ठिमा सहजिकरण अभियन्ता सिताराम थापा र प्रबचन बिमल फुयांलले गरेका थिए । कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा न्युरे, अधिबक्ता एवं नागरिक समाजका संयोजक काजिगाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाग्लुङ्गका अध्यक्ष दिल श्रीस, पत्रकार संगम घर्ती, बिजय राना, अधिकारकर्मी गुमा छन्त्याल, ज्ञानु थापामगर, श्रीकृष्ण पौडेल, भुमिश्वर गौतम लगायतका युवाहरुको सहभागिता रहेको थियो ।