विरेन्द्र बहुमुखी क्याम्पस चितवनमा अखिल (क्रान्तिकारी) मूल इकाई कमिटि गठन

1074
views

अमृत चापागाई
चितवन, २० माघ ।  नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) चितवनले जिल्लाको भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा शुक्रबार मूल इकाई कमिटि गठन गरेको छ । क्याम्पसका विध्यार्थी नेता जयन्त वाग्ले अध्यक्ष रहने गरी गठन गरिएको २१ सदस्यीय उक्त इकाई कमिटिको उपाध्यक्षमा सुनिल रामदाम, सचिवमा आयुष थापा, सहसचिवमा सागर पन्त र कोषाध्यक्षमा विनोद वोट रहेका छन् ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अमृत चपाई, केस दिपक पोखरेल, केस तथा जिल्ला संयोजक अमित सापकोटा, सप्तगण्डकी क्याम्पसका मूल इकाई कमिटि अध्यक्ष कृष्ण सुनारलगायतका विध्यार्थी नेताहरुको उपस्थितिमा गठन गरिएको उक्त इकाई कमिटिबारे संगठनले क्याम्पस प्रमुखलाई लिखित रुपमा जानकारी गराएको छ ।