चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक प्रदेश १ र ४ को भोलि

769
views

काठमाण्डौ, २१, माघ । चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक बस्दै छ । यस अघि प्रदेश ३ को पहिलो बैठक माघ १८ मा सम्पन्न भइसकेको छ । आज प्रदेश २, प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ को पहिलो बैठक बस्ने भएको हो ।

प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्न लागेको हो । सबै प्रदेशमा बैठकको तयारी पूरा भएको बताइएको छ । प्रदेश १ र ४ मा भने पहिलो बैठक माघ २२ मा बस्दै छ ।

प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगेका छन् । प्रदेश ५ को बैठकस्थल बुटवलमा तयारीले रौनक ल्याएको छ । त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठकका लागि वीरेन्द्रनगरस्थित संसद् भवन बेहुलीझैं सिँगारिएको बताइएको छ । त्यस्तै प्रदेश ७ मा पनि बैठकको सबै तयारी पुरा भएको छ ।