आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी, म्यान्चेस्टर सिटी बराबरीमा

755
views

काठमाण्डौ, २१, माघ । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराती आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी हुँदा म्यान्चेस्टर सिटी भने बराबरीमा रोकिएको छ । लिग तालिकाको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई बर्न्लेले १–१ गोलको बराबरीमा रोकेको हो ।

बर्न्लेको मैदानमा भएको खेलको २२ औं मिनेटमा म्यान सिटीका ड्यानिलोले गोल गरे । तर खेल सकिन ८ मिनेट बाँकी छँदा बर्न्लेका गुड्मन्सनले गोल गर्दै खेल बराबरी गरेका हुन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले भने गएराती हडस्फिल्ड टाउनलाई २–० ले पराजित र्गयो ।

खेलमा म्यानयूलाई विजयी गराउन रोमेलु लुकाकु र अलेक्सिस सान्चेजले एक एक गोल गरे । गएराती भएको अर्को खेलमा आर्सनलले एभर्टनलाई ५–१ ले पराजित गर्यो ।

इंग्लीश प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा साउथह्याम्पटनले वेष्ट ब्रोमलाई ३(२ ले, ब्राईटनले वेष्ट ह्यामलाई ३(१ ले तथा बर्नमाउथले स्टोक सिटीलाई २–१ ले हराएका छन् ।

लेष्टर सिटी र स्वान्सी सिटीले भने १(१ गोलको बराबरी खेलेका छन् । गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ भने समान खेलबाट ५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ ।