गुप्तेश्वर बहुमुखी क्याम्पसको वार्षिक उत्सब आजबाट सुरु

742
views

सन्तोष पाठक/ पर्वत । विगतका बर्षमा जस्तै यश बर्ष पनि गुप्तेश्वर बहुमुखी क्याम्पसले आफ्नो वार्षिक उत्सव सँगै विभिन्न खेल्कुद कार्यक्रमहरु सुरु गरेको छ । क्याम्पस प्रमुख सुवास पन्थले औपचारिक कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । बार्षिक उत्सवमा हुने सबै कार्यक्रमहरुको संयोजक रहनुभएको बलराम रिजालले जानकारी दिनुभयो । आज भएको कार्यक्रमको सञ्चालन जयराम सुवेदीले गर्नुभएको थियो ।

युवा सकारात्मक सोच बिकास बक्तित्व प्रतियोगिता भएको छ । प्रतियागितामा प्रथम मिलन अधिकारी द्धितिय सन्तोष पाठ्क, तृतिय ठाकुर रसाइली भएका छन् ।

यस्तै भलिबल तर्फ राहुल तर्फको टिम बिजयी भएको छ गुप्तेश्वर बहुमुखी क्याम्पसका सहायक प्रमुख ओमकार गिरिले जनाकारी दिए ।