एनआरएनए युगाण्डाले रक्तदान कार्यक्रम गर्ने

1012
views

नवदृष्टि संवाददाता, २१ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । (एनआरएनए) ले रक्तदान कार्यक्रमको अन्तिम तयारी पूरा भएको जनाएको छ ।

सो संस्थाका अध्यक्ष राजमणी भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले फरवरी ११ का दिन आयोजना गर्न लागेको रक्तदान कार्यक्रमको सबै तयारी पूरा भएको भण्डारीले बताए । अध्यक्ष भण्डारी सहित उपाध्यक्ष विनोद थापा, प्रवक्ता कमला भट्ट, सचिव गंगालाल खरेल, सल्लाहकार रमेश कंडेल, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र विवस, सदस्य ठाकुर ज्ञवाली, बासुदेव पाण्डे, रमेश शर्मा लगायतको बैठकले कार्यक्रमको पूर्ण तयारी भएको जनाएको छ ।

 

त्यसैगरी रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा ब्लड बैंक युगाण्डाका प्रमुख मिस्टर धष्ििष्बल mगनष्कब लाई प्रमुख निमन्त्रणा गर्ने समेत जनाईको छ ।