वार्षिक उत्सवको दोस्रो दिन आज तीन प्रतियोगता

916
views

सन्तोष पाठक
पर्वत, २२ माघ । गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्मा पर्वतको २६ औ बार्षिक उत्सवको क्रममा आज दोस्रो दिन कविता बाचन, लोकगित प्रतियोगिता तथा निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख सुवास पन्तको अध्यक्षतामा भएको कार्यक्रममा स्ववियू अध्यक्ष शिशिर क्षेत्री, सहायक क्याम्पस प्रमुख ओमकार गिरी, क्यम्पस सञ्चालक समितिका अध्यक्षको सहभागिता रहेको थियो ।

प्रतियोगिताको संयोजकमा जयराम सुवेदी र कुलचन्द्र पौडेल रहेका छन् । आजको कार्यक्रमको सन्ञ्चालक शिक्षक नवराज शर्माले गरेका हुन् ।