राप्रपा (प्रजातान्त्रिक) का गुरुङ सहायक महामन्त्री र विष्ट सहायक प्रवक्तामा मनोनित

735
views

काठमाण्डौ, २४ माघ । राप्रपा (प्रजातान्त्रिक) का नेता किशोर गुरुङ पार्टीको सहायक महामन्त्रीमा मनोनित हुनुभएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले एक विज्ञप्ति जारी गर्दै गुरुङलाई पार्टीको विधान २०७४ अनुसार सहायक महामन्त्रीमा नियुक्त गरेको जानकारी दिनुभएको छ । यस्तै, राप्रपा (प्रजातान्त्रिक) का ललितपुर जिल्ला अध्यक्ष कमल विष्ट सहायक प्रवक्तामा मनोनित भएका छन् ।