प्रधान सेनापति र अवकाशप्राप्त रथीहरुबीच भेट

835
views

काठमाण्डौ । नेपाली सेना जंगी अड्डा, भद्रकालीमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु एवं पूर्व रथीहरुसँग भेटघाट एवं अन्तरक्रिया गर्नुभएको छ ।

नेपाली सेना सम्बन्धि विभिन्न गतिविधि तथा राष्ट्रिय सुरक्षासँग संवद्ध समसामयीक विषयहरुमा नियमित रुपमा सेनाका निवर्तमान वरिष्ठ रथीहरुबीच हुने भेटघाट तथा अन्तरक्रियाको क्रममा जंगी अड्डामा उक्त कार्यक्रम भएको हो ।

भेटमा प्रधान सेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढिकरण तथा क्षमता विकासको लागि हाल भईरहेका गतिविधिहरु बारे संक्षिप्त जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाबाट भईरहेका गतिविधि तथा कल्याणकारी गतिविधीबारे सम्बन्धित निर्देशनालयहरुबाट जानकारी गराईएको थियो ।

सो अवसरमा पूर्व प्रधान सेनापति र रथीहरुले राष्ट्रिय सुरक्षा तथा समसामयिक विषयमा धारणा राख्नु भएको थियो । बलाधिकृत रथी पूर्णचन्द्र थापाले उक्त कार्यक्रमको समापनको क्रममा प्रधान सेनापति लगायत पूर्व प्रधान सेनापतिहरु एवं पूर्व रथीहरुको उपस्थिति तथा सह्रानिय राय सुझावहरुको लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु तथा बहालवाला एवं पूर्व वरिष्ठ रथीहरुको समेत उपस्थिति रहेको थियो ।