‘नेपाली सेना सम्बन्धि फोटो तथा विविध प्रदर्शनी’

नागरिक–सैनिक सम्बन्ध सुदृढ हुने विश्वास

2044
views

रिना खनाल
काठमाण्डौ, २६ माघ । नेपाली सेनाले ‘सेना दिवस २०७४’ को अवसरमा जंगी अड्डा परिसरमा ‘नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म’ फोटो तथा विविध प्रदर्शनी गरेको छ ।

प्रर्दशनीको प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीबाट उद्घाटन गरिएको थियो । उक्त प्रर्दशनी २५ र २६ गते आज दुईदिन सम्म सञ्चालन गरिएको हो । सेनाले यस प्रर्दशनीलाई बृहत प्रदर्शनीका रुपमा लिएको छ । फोटो प्रदर्शनीमा नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाक राखिएको छ । प्रर्दशनीमा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

सेना दिवसको उपलक्ष्यमा गरिएको यो प्रदर्शनीले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्ने विस्वास सेनाले लिएको छ । स्थापना कालदेखी हालसम्म सेनाले गरेका कार्यहरुको एतिहासिक फोटाहरु रोचक र ज्ञानवर्धक रहेको सेनाले जनाएको छ । सेना मुख्यालयमा आयोजित प्रर्दशनीमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको छ ।