आइएसका ’बिटल्स समूह’ का दुई सन्दिग्ध पक्राउ

953
views

विविसी, २६, माघ । अमेरिकी अधिकारीहरूले विद्रोही समूह इस्लामिक स्टेटका दुईजना ब्रिटिश सदस्यलाई सिरियाली कुर्द लडाकुहरूले पक्राउ गरेको बताएका छन् ।

उनीहरू इस्लामिक स्टेटका लागि काम गर्ने एउटा समूहका सदस्य भएको बताइएको छ । अमेरिकी अधिकारीका अनुसार यो समूहले पश्चिम देशका २७ जना बन्धक बनाइएकाहरूको टाउको छिनाएका थिए र केहीलाई चरम यातना पनि दिएका थिए ।

बिटल्स नाम रहेको उक्त समूहका चारैजना सदस्य लण्डनका भएको बताइएको छ । सिरियाद्वारा अमेरिकी हमलाको निन्दा

पुष्टि
अहिले पक्राउ पर्ने दुईजनाको नाम एलेजाण्डा कोटी र एल शाफी एससिख रहेको छ । अमेरिकी अधिकारीहरूले यी दुई सन्दिग्ध पक्राउमा परेको पुष्टि गरेका छन् । तर ब्रिटेनको विदेश विभागले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

योजनाकार
पक्राउ परेका उनीहरूलाई अब के गरिन्छ भन्नेबारे स्पष्ट छैन । यो समूहका प्रमूख योजनाकार मोहम्मद अम्वाजी थिए जसलाई जिहादी जोनको नामबाट पनि चिनिन्थ्यो।

जिहादी जोनको सन् २०१५ मा सिरियामा भएको ड्रोन हमलामा ज्यान गएको थियो । उक्त समूहका एकजना सन्दिग्ध आइन डेविसलाई गत वर्ष टर्कीमा जेलमा हालिएको थियो । विविसीबाट