नेपालले टस जितेपछि क्यानडालाई ब्याटिङको निम्तो

651
views

काठमाडौं २ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्र्तगत नेपालले आफ्नो अन्तिम खेलमा टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नामिबियाको विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा आज हुने खेलमा नेपालले क्यानडालाई पराजित गर्न सकेको खण्डमा सन् २०१९ मा हुने विश्वकपको छनोट खेल्न पाउने छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले चार खेलमा ३ खेल जित्दै ६ अंक जोडेको छ । नेपाल प्रतियोगिताको तेस्रो स्थानमा छ । यस्तै समान ६ अंक जोडेको क्यानडा शीर्ष स्थानमा र आयोजक नामिविया दोस्रो स्थानमा छ ।