माकेको एमालेमा विलय भन्दै विद्रोह गर्न वैद्य, किराँती र रायमाझीको आव्हान

887
views

काठमाडौं, ८ फागुन । एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा (क्रान्तिकारी माओवादी) ले माओवादी केन्द्र एमालेमा विलय भएको निष्कर्ष निकालेको छ । सो पार्टीले माओवादी केन्द्रमा रहेका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई विद्रोह गर्न आव्हान समेत गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले नवदृष्टिसँग कुरा गर्दै माओवाद र एक्काईसौ. शताव्दीको जनवाद छाडेर एमालेसँग माओवादी केन्द्रले गरेको एकता नभई विलय भएको बताए । वैद्यले ओलीको सरकारी निवास बालुवाटारमा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रलाई एमालेमा विलय गराउने सात बुँदे सहमतिमा हस्ताक्षर गरेको टिप्णी गरे ।

उनले प्रचण्ड, बादल र नारायणकाजी श्रेष्ठहरु पार्टीको पथप्रदर्शक सिद्धान्त ‘माओवाद’ छोडेर एमालेको पथप्रदर्शक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ मात्र मान्न तयार भएको टिप्पणी गरे । उनले माओवादीको आत्मर्सपण हदैसम्मको पराकाष्ठा भएको दाबी गरे ।

विद्रोह गर्न किराँतीको आव्हान
यता सोही पार्टीका नेता गोपाल किँराँतीले एक प्रेस वक्तव्य जारी गर्दै ‘महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरी माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनीद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गरेका छन् ।’ उनले माओवादी केन्द्रका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई विद्रोहका निम्ति पनि आव्हान गरेका छन् ।

ब्रुजुवा पार्टीहरुको एकता र माकेको विलय–रायमाझी

माओवादी केन्द्रका चर्चित पूर्व विध्यार्थी नेता जागृत रायमाझीले यो सात बुँदे हस्ताक्षरप्रति आफ्नो फेसबुक पेजमा टिप्पणी गर्दै भनेका छन्, ‘यो पार्टी एकता माक्र्सवादी कम्युनिस्टहरुको बीचको पार्टी एकता नभई नेपाली काँग्रेससंग संसदीय प्रतिस्पर्धा गर्न लायक पार्टी बनाउन गरिएको ‘बुर्जुवा पार्टीहरुको एकता हो ।’

उनले थप भनेका छन् ‘आजसम्मको नेपाली परिवर्तनको सर्वाधिक शक्तिशाली परिघटना ‘जनयुद्ध’को शब्द समेत उच्चारण नगरिएको आधार पत्रले इतिहासमाथि अन्याय मात्र गरेन, हजारौं सहिद, बेपत्ता र घाइते योद्धाहरुको अपमान ग¥यो । पथप्रदर्शक सिद्धान्तबाट माओबाद हटाईनु र जनयुद्धको ऐतिहासिकता उल्लेख नगर्नुले यो पार्टी एकताभन्दा बढी माओवादी केन्द्रको एमालेमा बिलयीकरण हो ।’