गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरीसँगको मुडभेडमा मृत्यु

713
views

बुटवल, ९ फागुन । प्रहरीको मोस्टवान्टेड सुचिमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आलेको प्रहरीसँगको मुडभेडमा मृत्यु भएको छ ।

बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका–४ भवानीपुरमा प्रहरीसँगको मुडभेडमा पुन र आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।

नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियान चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फाइरिङ गरेको र प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल लगिएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।