आर्थिक समृद्धिका लागि दुई तिहाईको सरकार–प्रचण्ड

719
views

पर्वत, १६, फागुन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाई बहुमतको सरकार आवश्यक रहेको बताउँदै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान दुईतिहाइ बहुमतको सरकार बनाउन लागेको बताए ।

अध्यक्ष दाहालले स्थायित्व, विकास र समाजवादतर्फ देशलाई लैजानको लागि दुई तिहाइको सरकार बनाउनको लागि कसरत भईरहेको बताए । १०८ औं श्रमिक महिला दिवसको अवसरमा रेडियो दिदिबहिनी ९५.२ मेगाहर्ज पर्वतले आयोजना गरेको दशौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको आठौं बार्षिक उत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृतवमा दुइ तिहाइको सरकार बनाउने र त्यसले केहि दिनमा पूर्णता पाउने पनि दाबी गरे । अध्यक्ष दाहालले दुई तिहाईको सरकार निर्माणका लागि उपेन्द्र जि लगायतको पार्टी समेत सरकारमा सामेल हुने बताए ।

सो अवसरमा दाहालले महिलाहरुलाई प्रत्यक्षतर्फ कम भएको भन्दै महिला प्रतिनिधित्वको सवालमा समानुपातिकमा कम र प्रत्यक्षतर्फ बढी गर्दै लैजाने मनसाय रहेको बताउँदै बहुमतको यो सरकारले महिलाहरुलाई अगाडी बढाउनको लागि प्रतिबद्ध रहेको बताए ।

फागुन २६ सम्म चल्ने उक्त महोत्सवमा एक करोडको कारोबार हुने आयोजक रेडियो दिदीबहिनीले जनाएको छ । कार्यक्रमको अबसरमा देशभर रहेका करिब २ दर्जन रेडियोका महिला स्टेशन म्यानेजरहरुलाई सम्मान समेत गरिएको थियो ।