सन्दिपले रचेको अर्को इतिहास

641
views

काठमाण्डौ, १८, फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन् ।

बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्धित भएर चर्चामा आएका सन्दिप क्यारेवियन प्रिमियर लिगमा समेत खेल्ने भएपछि उनको चर्चा झन चुलिएको छ । १७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन्। उनी यसअघि आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए ।

फागुन ३ गते नामिवियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा सर्वा्धिक विकेट लिदै सन्दिप म्यान अफ द सिरिज भएका थिए । सन्दिप अनुबन्धित बनेको सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्स क्लबमा वेष्ट इण्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी छन् ।

सीपीएलमा ६ फ्रेन्चाइजी टोलीको सहभागिता रहेको छ । प्रतियोगिता अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा हुनेछ । सन्दिप अहिले विश्वकप क्रिकेटको छनोट खेल खेल्न राष्ट्रिय टोलीसँगै जिम्बाब्बेमा रहेका छन् ।