एजेन्सी, १८, न्यूयोर्क । उत्तर कोरियामाथि सिरियालाई रासायनिक हतियार निर्माणमा प्रयोग हुने उपकरण सहयोग गरेको आरोप लागेको छ । सिरियाको गुटालाई विद्रोहीको नियन्त्रणबाट मुक्त गर्ने नाममा क्लोरिन ग्यासबाट समेत आक्रमण भइरहेका वेला उत्तर कोरियामाथि यस्तो आरोप लागेको हो ।
उत्तर कोरियाका परमाणुविज्ञ सिरियामा
उत्तर कोरियाले अम्लप्रतिरोधी टायल, भल्स र पाइपहरू पठाएको संयुक्त राष्ट्र«संघका विज्ञहरूको प्रतिवेदनलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार राष्ट्र«संघको सार्वजनिक हुन बाँकी प्रतिवेदनमा प्योङयाङका क्षेप्यास्त्र विशेषज्ञहरू सिरियाली अस्त्र निर्माण कारखानाहरूमा देखिएको उल्लेख छ । सिरियाली फौजले क्लोरिन ग्यास प्रयोग गरिरहेको भन्ने नयाँ प्रतिवेदन सार्वजनिक भएको हो । आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्रा्ष्ट्रिय समुदायले नाकाबन्दी लगाउँदै आएको छ ।
चिनियाँ कम्पनीमार्फत सिरियामा उपकरण पठाइयो
उत्तर कोरियाले सिरियामा गैरकानुनी रूपमा उच्च ताप खप्ने, अम्लप्रतिरोधी टायल, खिया नलाग्ने भल्ब र थर्मो्मिटरलगायतका सामग्री पठाएको प्रतिवेदनमा जनाइएको छ । रासायनिक अस्त्र बनाउने कारखाना निर्माणका लागि ती सामग्रीको प्रयोग हुन्छ । द वाल स्ट्रिट जर्नलका अनुसार सन् २०१६ को अन्त्यतिर एउटा चिनियाँ व्यापारिक कम्पनीमार्फत र २०१७ को सुरुतिर पाँचवटा जहाजमा ती सामग्री सिरिया र्पुयाइएकोे हो । पछिल्लो समयमा जहाजमार्फत उत्तर कोरियाबाट सिरियाका दक्षिणी भागमा ठूलो परिमाणमा रासायनिक हतियार आपूर्ति हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
उत्तर कोरियाले रासायनिक हतियार पठाएबापत सिरियाको सरकारी निकाय साइन्टिफिक स्टडिज एन्ड रिसर्च सेन्टर (एसएसआरसी)ले प्योङयाङलाई विभिन्न कम्पनीमार्फत भुक्तानी दिने गरेको अमेरिकी भनाइ
प्योङयाङलाई विभिन्न कम्पनीमार्फत भुक्तानी
उत्तर कोरियाले सामग्री पठाएबापत सिरियाको सरकारी निकाय साइन्टिफिक स्टडिज एन्ड रिसर्च सेन्टर (एसएसआरसी)ले प्योङयाङलाई विभिन्न कम्पनीमार्फत भुक्तानी दिने गरेको पनि अमेरिकी सञ्चारमाध्यहरूले जनाएका छन् । राष्ट्रसंघका विज्ञहरूको समूहले तयार पारेको सो प्रतिवेदनलाई आफूले प्राप्त गरेको वासिङ्टन पोस्टले दाबी गरेको छ । सिरिया र उत्तर कोरियाबीच दशकौँदेखि सुमधुर सम्बन्ध छ । सन् २०१७ को एउटा प्रतिवेदनमा पनि सो समूहले उत्तर कोरिया र सिरियाबीच प्रतिबन्धित रसायन, ब्यालिस्टिक मिसाइल र परम्परागत हतियार सहकार्य भएको जनाएको थियो ।
दुई जहाज सामग्रीमाथि अवरोध
सिरियाका लागि प्रस्थान गरेका दुई जहाज सामग्रीलाई राष्ट्रसंघका दुई सदस्य राष्ट्रहरूले अवरोध गरेको प्रतिवेदनमा जनाइएको छ । जहाजभित्र उत्तर कोरियाका रासायनिक हतियार भएको अनुमान गरिएको छ । राष्ट्र«संघले सार्वजनिक गर्नुअघि नै चुहावट भएको सो प्रतिवेदन प्रकाशन गर्ने(नगर्नेबारे केही खुलाइएको छैन । राष्ट्रसंघका प्रवक्ता स्टेफेन दुजारिचले भने, ‘राष्ट्रसंघका सदस्य राष्ट्रहरू उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीप्रति प्रतिबद्ध हुनुपर्छ भन्ने नै प्रतिवेदनको सन्देश हो ।’ सिरियाले रासायनिक हतियार महासन्धिमा हस्ताक्षर गरेको छ । ६ वर्षअघि विद्रोहीनियन्त्रित गुटामा सेनाले गरेको रासायनिक हमलामा सयौँ सर्वसाधारण मारिएको सार्वजनिक भएपछि उसले सन् २०१३ मा आफ्ना रासायनिक हतियार नष्ट गरेको दाबी गरेको छ । गृहयुद्ध सुरु भएपछि सिरियाले विद्रोहीविरुद्ध बारम्बार रासायनिक हतियार प्रयोग गर्ने गरेको ऊमाथि आरोप लागेको छ ।
क्लोरिन ग्यास हमला
दक्षिण सिरियाको विद्रोहीनियन्त्रित क्षेत्र गुटामा सेनाले रासायनिक हतियार प्रयोग गरेको अधिकारवादीहरूले बताउँदै आएका छन् । रासायनिक हतियार प्रतिबन्धसम्बन्धी संगठन ओपिसिडब्लूले गत अप्रिलमा इडलिब प्रान्तको सेखहोउनमा रासायनिक हतियार प्रयोग भएको जनाएको थियो । सो हमलामा ८० सर्वसाधारण मारिएका थिए । सिरियाली वायु सेनाले क्लोरिन ग्यास हमला गरेको राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले बताएका छन् । तर, सिरियाली राष्ट्रपति बसर अल असदले सेनाले रासायनिक हतियार प्रयोग नगरेको दाबी गरेका थिए । त्यस्तै पूर्वी गुटामा आइतबार शंकास्पद क्लोरिन ग्यास प्रयोग भएको अनुमान गरिएको छ । गुटामा एक सातामा सेनाले गरेको कारबाहीमा एक सय बालबालिकासहित पाँच सय सर्वसाधारण मारिएका थिए











