मोदी गाउँपालिकाको गोष्ठी लुम्लेमा भएपछि विरोध

696
views

महेन्द्र जिसी
पर्वत, १८, फागुन । मोदी गाउँपालिका पर्वतको आवधिक गोष्ठी कास्कीको लुम्लेमा सकिएको छ । कास्किमा गोष्ठी भएपछि गाउँपालिकावासीले विरोध जनाएका छन् । गाउँपालिकाभित्रै चर्चित चित्रेको होमस्टे र थुप्रै होटल तथा पर्यटकीय क्षेत्रको वेवास्था गर्दै कास्की अन्नपुर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र लुम्लेमा गोष्ठीको आयोजना गरेपछि मोदीवासीले विरोध जनाएका हुन् ।

गाउँ पालिकाले आवधिक योजना निर्माणका लागि विषयगत कर्मचारीहरु र कार्यपालिका सदस्यहरुलाई बटुलेर लुम्ले पुगेको थियो । गाउँपालिकाले कम खर्चमा स्थानीय स्तरमा गोष्ठीको आयोजना नगरी पर्यटकीय क्षेत्रको सयर गर्ने उदेश्यले कास्की पुगेको कार्यपालिकाका सदस्यहरुले गुनासो गरेका छन । गाउँपालिका भित्रै थुप्रै पर्यटकीय स्थल भएपनि लाखौं खर्चिएर महंगा रिर्सोेटमा खोजेको सो गाउँपलिका वडा–१ का अध्यक्ष गौप्रसाद गुरुङले बताए ।

गुरुङले गाउँपालिकाको गोष्ठी लुम्लेमा राखेकै कारण आँफु सहभागि नभएको बताए । उनले जनप्रतिनिधिका गलत निर्णयका विरुद्धमा सुझाउने बताए ।

गाउँपालिकाले आगामी चार वर्षसम्म सञ्चालन गर्ने आयोजना निर्माणको लागि लुम्लेमा गोष्ठिको आयोजना गरेको जनाएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत कुमान सिँह गुरुङले गाउँपालिकाको वस्तुस्थिती राजस्व तथा आर्थिक सम्भावनाको खोजीका लागि गोष्ठीको आयोजना गरिएको बताए । उनले विष्ठि अतिथीहरु लुम्लेमा आउनेभएपछि गोष्ठी लुम्लेमा गरिएको जानाकारी दिए ।