सरकार जनताप्रति उत्तरदायी हन्छः प्रम ओली

752
views

काठमाण्डौ, १८, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार जनउत्तरदायी हुने बताउनुभएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पुर्ण प्रयास विकास र समृद्धिका लागि हुने बताउनुभयो । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभुत गर्नेगरी नै समृद्धिका काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर हुँदैन, जनताको जीवन स्तरबाट यस पुष्टि हुनुपर्ने ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताउनुभएको छ । हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गीर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्नुभएको छ । ‘मेडिकल कलेज सञ्चालनमा गुणस्तरियता आवश्यक छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘चिकित्सकको क्षमताको गुणस्तरीयता र भौतिक गुणस्तरियता दुवै आवश्यक छ ।’