फूच्चे भनेर जिस्काउँदा गयो ज्यान

1951
views

काठमाण्डौ, १८, फागुन । काठमाडौंको चुच्चेपाटीमा साथीलाई फूच्चे भनेर जिस्काउँदा एक युवकको ज्यान गएको छ । फुच्चे भनेर जिस्क्याउँदा सोलुखुम्बुको भगाञ्जे घर भइ चुच्चेपाटी बस्दै आएका २५ वर्षीय छिरिङ शेर्पाको मृत्यु भएको हो ।

फूच्चे भनेर जिस्काएको निहुँमा उनका साथी सिन्धुपाल्चोक घर भइ हाल त्यहीँ बस्दै आएका १७ वर्षीय विवेक तामाङले उनलाई चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी वृत, बौद्धका डिएसपी अच्युतमप्रसाद पुडासैनीको जानकारी अनुसार, ‘हामीले युवकलाई नियन्त्रणमा लिएका छौं । आफूलाई डोमिनेट गरेको भन्दै चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।’

घटना लगत्तै शेर्पालाई उपचारका लागि मेडिकेयर अस्पताल, चाबहिल गरिएपछि उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानका लागि प्रहरी परिसरबाट प्रहरी निरीक्षक राजकुमार राईको कमाण्डमा समेत टोली परिचालित भएको थियो ।