कन्ट्रोलको गलत निर्देशनले दुर्घटनाः युएस बंगला एयरलाइन्स

1637
views

काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सोमबार ४९ जनाको ज्यान जानेगरी भएको एसबी २११ उडान दुर्घटना काठमाडौं विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) को गलत निर्देशनले भएको युएस बंगला एयरलाइन्सले जनाएको छ ।

विमान र विमान चालकमा कुनै समस्या नदेखिएको अवस्थामा एटिसीको गलत निर्देशनका कारण जहाज हुन पुगेको युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले दाबी गरेका हुन् ।

‘हाम्रो जहाजमा कुनै प्राविधिक खराबी थिएन तर काठमाडौं टावरका एटिसी अधिकारीले गलत सिग्नल दिएपछि चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने नै थाहा पाएनन्’, बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘त्यही कारणले जहाज दुर्घटना हुनपुग्यो ।’

क्याप्टेन अबिद सुल्तान नेपाल उडानमा अनुभवी पाइलट रहेको एयरलाइन्सले जनाएको छ । के पाइलट पृथुला रसिद पहिलो पटक उडान गरेर नेपाल अउँदै थिइन्। उनीहरूको मृत्यु भएको छ ।

युएस बंगला एयरलाइन्सको बम्बार्डर ड्यास ८ क्यु ४०० सिरिजको जहाज सोमबार त्रिभुवन अन्तरार्ष्िट्रय विमानस्थल उत्तरपट्टिको चउरमा दुर्घटनाग्रस्त भएको थियो । ७१ यात्रु सवार सो जहाज दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो ।