क्रान्तिकारी युवा लिगको शारीरिक प्रशिक्षण कार्यक्रममा प्रहरी हस्तक्षेप

854
views

हेटौडा । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालको शान्तिपूर्ण प्रशिक्षण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशको आयोजनामा गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको पार्टी महासचिव मोहन वैद्य‘किरण’ले सोमबार उद्घाटन गर्नुभएको थियो ।

युवाहरुको राजनीतिक तथा शारीरिक प्रशिक्षण कार्यक्रम चलिरहेको अवस्थामा मकवानपुरका एसपी विकासराज खनालको आदेशमा सप्रनी बिनस चौधरीको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रममा हस्ताक्षेप गरेको क्रान्तिकारी माओवादीका पार्टी केस तथा मकवानपुर इन्चार्ज बसन्त बोगटीले जानकारी दिनुभयो । युवाहरुको शारीरिक प्रशिक्षण चलिरहेको बेला चौधरी सहित प्रहरीहरु कार्यक्रम स्थल पुगेका थिए । उनीहरुले क्रान्तिकारी युवाहरुलाई कार्यक्रम रोक्न धम्की समेत दिएको बोगटीले बताउनु भयो । प्रहरी हस्तक्षेपको क्रान्तिकारी युवाहरुले प्रतिकार गरेका छन् ।

यसैबीच, युवाहरुको शान्तिपूर्ण कार्यक्रम भएको प्रहरी हस्तक्षेपले वर्तामान दलाल प्रतिक्रियावादी तथा सामाजिक फासिवादी केपी ओली सरकारको कम्युनिस्ट मुखुण्डो उदाङ्गो भएको भन्दै क्रान्तिकारी माओवादीको ३ नं. प्रदेशले विरोध एवम् भत्र्सना गरेको छ । पार्टीका ३ नं. प्रदेश सचिव दिनेश शर्मा सागरले एक प्रेस वक्तव्य जारी गर्दै राज्यको यस्तो दमनबाट विचलित नभई निरन्तर नयाँ जनवादी क्रान्तिको झन्डा उठाउन युवाहरुलाई अपील गर्नुभएको छ ।