विश्व विख्यात भौतिकशास्त्री हकिङको निधन

831
views

काठमाडौं, ३०, फागुन । चर्चित भौतिकशास्त्री स्टेफेन हकिङको निधन भएको छ । मोटर स्नायुको समस्याबाट पीडित बेलायती नागरिक हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।

ब्ल्याक होल एन्ड रिलेटिभिटी नामक अनुसन्धानबाट उनले ब्ल्याक होल र यसको वस्तुस्थितीको बारेमा पत्ता लगाएका थिए । उनले जलवायु परिवर्तनमा अहिलेको परमाणु विकासले कसरी असर पारेको छ भन्ने विषयमा विभिन्न अनुसन्धान तथा खोजहरु गर्दै आएका थिए ।

हकिङले लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ विश्वकै चर्चित पुस्तक मध्ये एक पुस्तक हो । शारीरीक रुपमा अशक्त भएपनि हकिङले भौतिक शास्त्र र खगोल शास्त्रमा निकै ठुलो योगदान पु¥याएका छन् ।

हकिङले अनुसन्धानबाट पत्ता लगाएको हकिङ रेडियसन नामक खोज अहिले विश्व भरि नै निकै चर्चित छ । उनले मानवीय गतिविधिका कारण पृथ्वीको आयु कम हुदै गएको भन्दै पृथ्वीलाई माया गर्नुपर्ने कुरामा जोड दिदै आएका थिए ।